भरान युनाइटेडमा अनुबन्ध हुने पक्का

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडले रियल मड्रिडका डिफेन्डर रफायल भरान भित्र्याउने लगभग पक्का भएको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेड र रियल मड्रिड बिच भरानका लागि हुने सम्झौता अन्तिम चरणमा छ।

फ्रेन्च खेलाडी भरान रियल मड्रिडसँग २०२२ सम्म अनुबन्धित थिए र त्यसपछि रियलले उनलाई फ्री ट्रान्सफरमा गुमाउने सम्भावना रहेको थियो। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेडका साथसाथै फ्रेन्च क्लब पि.एस.जिको नजर पनि उनी माथी रहेको थियो।
२८ वर्षका फ्रेन्च डिफेन्डर भरान २०११ मा रियल मड्रिडमा अनुबन्धित भएका थिए। उनले रियल मड्रिडका लागि ३६० खेल खेलेका छन् जस्मा उनले १७ गोल पनि गरि सकेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिसँग २०१८ को विश्व कप जित्न सफल पनि भएका थिए।