भरान भित्र्याउन युनाईटेड नजिक

एजेन्सी, म्यान्चेस्टर युनाईटेडले रियल म्याड्रिडका डिफेन्डर राफायल भरानलाई भित्र्याउन नजिक पुगेको छ । दुई क्लब बिच वार्ता सफल भए पछि भरान भित्र्याउन युनाईटेड नजिक पुगेको हो ।

स्यान्चोलाइ बोरुसिया डोर्टमुण्डबाट अनुबन्ध गरे पछि युनाईटेडको नजर भरान माथि परेको थियो ।

दुई पक्षीय बिच लामो वार्ता सफल भए पछि अन्य प्रक्रियामा सहमति भने हुन बाकी रहेको छ ।

भरानको रियलमा एक बर्षको सम्झौता बाकी रहेको अवस्थामा युनाईटेडले त्यसको फाइदा उठाउदै उनलाइ भित्र्याउन प्रस्ताव राखेका हुन ।

रियलका डिफेन्डर सर्जियो रामोस यस अघिनै फ्रेन्च क्लब पिएसजीमा अनुबन्ध भइसकेको छ । युरो कप अगाडि भरानलाइ रियलले राखेको सम्झौता नविकरणको प्रस्ताव उनले अस्विकार गरेको थियो ।

रियल छोड्न आतुर रहेको भरान टोलिको प्रि-सिजन प्रशिक्षणमा भने समावेश भइसकेको छ । उनले रेञ्जर्सविरुद्धको मैत्रीपुर्ण खेलमा भने सहभागी भएनन् ।