भरान भित्र्याउन युनाइटेडले आफ्नो मिड्फिल्डर गुमाउन सक्ने

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडले स्पेनिश क्लब रियल मड्रिडका स्टार डिफेन्डर राफायल भरान भित्र्याउनका निम्ति आफ्नो मिड्फिल्डर डनि भ्यान डे बिक रियलमा लोनमा अनुबन्ध हुनु पर्न आवस्था सिर्जना भएको छ। रिपोर्टका अनुसार भरानका लागि युनाइटेड समक्ष रियलको ५० मिलियन पाउन्ड तथा भ्यान डे बिकको माग रहेको छ।

 

२४ वर्षका डच मिडफिल्डर डनि भ्यान डे बिक गत वर्ष नै डच क्लब आयाक्सबाट करिब ४० मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्ध भएका थिए। युनाइटेडमा अनुबन्ध भए पछी उनले पर्याप्त खेल समय भने पाउन सकेका छैनन्। म्यान्चेस्टर युनाइटेड र रियल मड्रिड बिच यस किसिमको सम्झौता भएको खण्डमा यो भ्यान डे बिकका लागि भने खुसीको खबर हुने अनुमान गरिएको छ।
रिपोर्टका अनुसार भरानलाई भित्र्याउने डौडमा म्यान्चेस्टर युनाइटेडका साथसाथै फ्रेन्च क्लब पि.एस.जि पनि रहेको छ। २८ वर्षका फ्रेन्च डिफेन्डर भरान २०११ मा रियल मड्रिडमा अनुबन्धित भएका थिए। उनले रियल मड्रिडका लागि ३६० खेल खेलेका छन् जस्मा उनले १७ गोल पनि गरि सकेका छन्।