ब्रेस्नानले लिए सन्यास

एजेन्सी । इंग्ल्यान्डका पुर्व अल राउन्डर टिम ब्रेस्नान सन्यासको घोषणा गरेको छ । उनले ३६ वर्षको उमेरमा सन्यास लिएको हो ।

ब्रेस्नानले २३ टेस्ट इंग्ल्यान्डका लागि खेलेका थिए ।

इंग्ल्यान्डले एसेज सिरिज २०१०-२०११ र २०१३ जित्दा उनी टिमका सदस्य थिए ।

त्यस्तै, ब्रेस्नानले २०१० टि-२० विश्व कप समेत जितिसकेका छन ।

उनी केही वर्ष देखि काउन्टी क्रिकेटमा व्यस्त रहेका थिए । गत साल उनले बेयर्सलाई काउन्टी च्याम्पियनसिप जिताउन महत्त्वपूर्ण भुमिका खेलेका थिए ।

यस्तै, ब्रेस्नानले आफ्नो देशका लागि ८५ एक दिवसीय क्रिकेट तथा ३४ टि-२० खेल खेलेका थिए ।

उनले फस्ट क्लास क्रिकेटमा ७१३८ रन बनाउदा सात सतक प्रहार गरेका थिए । बलिङमा पनि उतिकै पोख्त ब्रेस्नानले ३०.९९ को औसतमा ५७५ विकेट लिएका थिए ।

इंग्ल्यान्डका लागि उनले पहिलो खेल २००६ मा खेलेका थिए ।