ब्रेन्ट्फोर्ड ७३ बर्ष पछि प्रिमियर लिग खेल्दै

एजेन्सी, ब्रेन्फोर्ड प्रिमियर लिगमा बदुवा भएको छ। स्वान्सी सिटिलाई २-० गोल अन्तरले हराउदै प्रिमियर लिगमा बदुवा भएको हो। यो जितसंगै ब्रेन्ट्फोर्ड पछिल्लो ७३ बर्षमा पहिलो पटक शिर्ष डिभिजनमा खेल्ने अवसर पाएको छ।

ब्रेन्ट्फोरडलाई जित दिलाउन टोनि र मार्कोन्डेसले एक एक गोल गरे।

लन्डनको वेम्ब्ले रंगशालामा भएको उक्त खेल १२००० दर्शक माझ खेलाइएको थियो।

ब्रेन्ट्फोर्डले खेलको १० मिनेटमै अग्रता बनाए। स्वान्सीका वुडमनले ब्रेन्ट्फोर्डका डा सिल्भालाई पेनाल्टी बकसमा लडाए पछि पाएको अवसरलाइ टोनिले गोलमा परिणत गरे।

त्येस्तै खेलको २० मिनेटमा ब्रेन्ट्फोर्डले अग्रता दोब्बर पारे। रोसेर्लेबको पासमा उत्कृष्ट गोल गर्दै मार्कोन्डेसले नतिजा २-० मा पुराए।

त्येस्तै स्वान्सी थप दबाबमा परे जब फुल्टनले जान्सेनलाई लडाए। उन्ले सोजै रातो कार्ड प्राप्त गर्दै मैदान छोड्न बाध्य भए।

त्यस पछि कुनै टिमले गोल गर्न नसक्दा ब्रेन्ट्फोर्डले प्ले अफको उपाधी जित्दै प्रिमियर लिगमा बदुवा भएका छन।