ब्रेन्टफोर्डको आर्सनल माथि जित

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ । शुक्रबार राति भएको पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २-० ले पराजित भएको हो ।

ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल गरे ।

घरेलु मैदानमा खेलको २२ औं मिनेटमा सेर्गीले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा क्रिस्टियनले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० को जित दिलाए ।

यस जितसँगै ७४ वर्ष पछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्ष लिगमा सुखद सुरुवात गरेको हो । र, महत्वपूर्ण तीन अंक जोडेको छ ।

गत सिजन च्याम्पियनसिपको प्ले अफमा स्वान्सी सिटीलाई पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको थियो ।