प्रिमियर लिगमा शनिवार उपाधि दाबेदार म्यानचेस्टर सिटीले ब्रेटफोर्ड विरुद्ध निराशाजनक हार बेहोरेको छ।
इतिहाद स्टेडियममा भएको खेलमा ब्रेटफोर्डले १६ औँ मिनेट मै अग्रता लिएको थियो। खेलको १६ औँ मिनेटमा ब्रेटफोर्डका इवान टोनीले गोल गर्दै ब्रेटफोर्डलाई १-०को अग्रता दिलाएका थिए।
FULL-TIME | A frustrating afternoon at the Etihad.
🔵 1-2 🐝 #ManCity pic.twitter.com/FL4Mltj5ic
— Manchester City (@ManCity) November 12, 2022
पहिलो हाफको अन्तिम मिनेटमा सिटीले खेल बराबरीमा लागेको थियो। खेल ४६औँ मिनेटमा सिटीका फोडेन उत्कृष्ट गोल गर्दै खेल बराबरीमा लगेका थिए। पहिलो हाफमा थप गोल हुन सकेन भने १-१को स्कोरमा खेल हाफ टाइममा गएको थियो।
दोस्रो हाफमा सिटीले धेरै आक्रामक खेलेको थियो तर सिटी गोल गर्न असफल रह्यो भने दोस्रो हाफमा थपिएको १० मिनेटको अतिरिक्त समयमा ब्रेटफोर्डले गोल गर्दै खेल जितेको थियो।
खेलको ९८औँ मिनेटमा ब्रेटफोर्डका इवान टोनीले काउन्टरमा गोल गर्दै आफ्नो टिमलाई फेरी अग्रता दिलाएका थिए व्यक्तिगत र टिमको दोस्रो गोल गर्दै उनले ब्रेटफोर्डलाई सिटीकै होममा जित दिलाए।
सिटी हाल लिगको दोस्रो स्थानमा रहेको छ। १४ खेलमा १० जित, २ हार र २ बराबरी खेलेको सिटीले ३२ अंक जम्मा गरेको छ भने शीर्ष स्थानमा रहेको आर्सनल सँग सिटीको २ अंकको दुरी कायम रहेको छ।