ब्रेकिङ : रियल म्याड्रिडले भित्राए फरवार्ड लुका जोभिच

रियल म्याड्रिडले जर्मन क्लब आइनट्राक्ट फ्रान्कफर्टबाट सर्बियन फरवार्ड लुका जोभिचलाई भित्र्याएको छ ।

जोभिच सन् २०१७ मा बेन्फिकाबाट फ्रान्कफर्ट आएका थिए ।

जोभिचले बुन्डेसलिगाको ३१ खेलमा १७ गोल गरेका थिए । युरोपा लिगमा पनि सेमिफाइनल पुगेको फ्रान्कफर्टका लागि उनले १० गोल गरे । फ्रान्कफर्ट युरोपा लिगको सेमिफाइनलमा चेल्सीसँग टाइब्रेकरमा पराजित भएको थियो ।