प्रिमियर लिग क्लब टोटेनह्यामका स्टार स्ट्राइकर ह्यारी केन साइन गर्न बायर्न म्युनिख सफल भएको जानकारी छ।
ब्रिटिश रिपोर्टर डेभिड ओर्नस्टीनका अनुसार ह्यारी केनको ट्रान्सफरको लागि टोटेनह्याम र जर्मन क्लब बायर्न म्युनिख बिच सहमति भएको छ र उनको लागि बायर्नले €१०० मिलियन भन्दा धेरै तिर्ने उनले जनाएका छन्।
🚨 EXCLUSIVE: Bayern Munich have reached an agreement with Tottenham to sign Harry Kane, sources in Germany indicate. #FCBayern proposal worth above €100m accepted by #THFC. 30yo has been leaning towards staying but must now make a decision @TheAthleticFC https://t.co/mPjC3YPDnH
— David Ornstein (@David_Ornstein) August 10, 2023
बायर्न यो ट्रान्सफर विन्डो सुरु देखि केनलाई साइन गर्ने प्रयासमा रहेको थियो तर बायर्न र स्पर्स बिच सम्झौता हुन सकेको थिएन भने हाल रिपोर्ट अनुसार दुई क्लब बिच सम्झौता भए सँगै ह्यारी केन जर्मन क्लबमा जाने पक्का भएको छ ।
प्रिमियर लिग क्लब टोटेनह्याममा स्टार स्ट्राइकर ह्यारी केनको प्रदर्शन निकै उत्कृष्ट हुँदै आएको छ भने उनी टोटेनह्यामको सबैभन्दा महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन् तर टोटेनह्याम उपाधिहरू जित्न असफल रहे पछि ह्यारी केन क्लब छोड्न इच्छुक हुन सक्ने चर्चा छ।
टोटेनह्याम सँग केनको सम्झौतामा मात्र १ वर्ष बाँकी हुने छ र उनलाई अर्को वर्ष फ्रीमा गुमाउन सक्ने सम्भावनाको कारण टोटेनह्याम उनलाई बेच्न दबाबमा रहेको छ।
बायर्न सहित रियल म्याड्रिड र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको नाम पनि उनी सँग जोडिएको थियो तर उनलाई भित्राउन बायर्न सफल हुने भएको छ र केन स्टार स्ट्राइकर लेवान्डोस्कीको प्रतिस्थापनको रूपमा हुने बायर्नको विश्वास छ।