ब्रूनो फर्नांडेसको लागि म्यान्चेस्टर युनाइटेड र स्पोर्टिंग सी.पी. बीच सम्झौता

म्यान्चेस्टर युनाइटेड र स्पोर्टिंग सी पि बीच ब्रूनो फर्नांडेसको लागि सम्झौता भएको खबर आएको छ। पोर्तुगलका मिडफिल्डर फर्नांडेस म्यान्चेस्टर युनाइटेड जाने हल्ला चल्दै गर्दा खबर आएको छ कि युनाइटेड र स्पोर्टिंग बीच सम्झौता भएको छ।

खेलाडीको मूल्य बारे दुवै क्लबको सम्झौता भएको भनेर FootballInsider247 ले खुलाएको छ।

खबर अनुसार युनाइटेड र स्पोर्टिंग बीच सम्जौता भएको छ र २४ घण्टा भित्र ब्रूनो फर्नांडेसले युनाइटेडको लागि साइन गर्ने छ। खबर छ कि उनको लागि युनाइटेडले £६० मिलियन तिर्ने छ।