ब्रुनो फर्नान्डेसको यो क्षण रोनाल्डोको सँग तुलना

प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले २-०ले पराजित गरेको थियो। सिटीको मैदानमा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक शले एक एक गोल गरे ।

हाल उक्त खेलमा ब्रुनो फर्नान्डेसले गरेको कुराको ’bout धेरै चर्चा भएको छ जसले धेरैलाई रोनाल्डोको याद दिलाउने छ।

खेलमा अतिरिक्त समयमा ब्रुनो फर्नान्डेस सब्सीट्यूट हुँदै मैदान बाहिर गए तर उनी बेन्चमा बस्नको सट्टा कोचको टच-लाइनमा बसे र कोच ओले गुन्नरको पछाडिबाट खेल हेर्दै गरे। उनको सो कार्यले धेरैलाई युरो २०१६मा रोनाल्डोले क्षणको याद दिलाए। २०१६को फाइनल खेलमा रोनाल्डो चोट ग्रसित भएका थिए र उनी पनि टच लाइनमा बसेर आफ्नो टिम मेटलाई सुझाव र लगाव दिँदै थिए र उनी एक कोच जस्तो देखिन्थे।

सिटी विरुद्ध ब्रुनो फर्नान्डेसको क्षण ’bout सामाजिक सञ्जालमा धेरै चर्चा भएको थियो भने धेरैले उनको क्षण रोनाल्डो सँग तुलना गरे।

फर्नान्डेस पनि पोर्चुगलका हुन् र उनी रोनाल्डो फ्यान हुन्। यस जितसँगै ओले गुनर सोल्सायर सिटीविरुद्ध तीन अवे खेलमा जित निकाल्ने युनाईटेडका पहिलो प्रशिक्षक बनेका छन् ।

जितसँगै युनाईटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । युनाईटेडले २८ खेलमा ५४ अङ्क जोडेको छ ।

युनाईटेडसँगको हार सङ्गै सिटीको २१ खेलको अपराजित यात्रा टुङ्गिएको छ । सिटी २८ खेलमा ६५ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । सिटी अझै युनाईटेड भन्दा ११ अङ्कले अघि रहेको छ ।