ब्रुनो फर्नान्डेजले बनाए यो सिजन यस्तो उत्कृष्ट रेकर्ड

वेस्ट ह्याम बिरुद्धको ३-१ जितमा ब्रुनो फर्नान्डेजले २०२०-२१ सिजनमा निकै उत्कृष्ट रेकर्ड बनाएका छन्। दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेस गरेका ब्रुनोले ४५मिनेटमा आठ गोलको अवसरहरु सिर्जना गरे र यो सिजन यस्तो गर्ने उनि एक मात्र खेलाडी बनेका छन्।

उनले मात्र ४५ मिनेट खेलेका थिए भने मात्र ४५ मिनेटमा उनले यो सिजनको निकै उत्कृष्ट रेकर्ड बनाएका छन्।

म्यान्चेस्टर युनाइटेडमा ब्रुनोको उत्कृष्ट प्रदर्शन जारी रहेको छ शनिबार भएको वेस्ट ह्याम बिरुद्धको खेलमा दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेस गर्दै उनले आफ्नो टिमलाई जित दिलाउन मद्दत गरे।

स्टार मिडफिल्डरले हाल सम्म यो सिजन ३५ गोलको अवसरहरु सिर्जना गरेका छन् उनले अन्य खेलाडीहरु भन्दा ७ बढी अवसरहरु सिर्जना गरेका छन्।