“ब्रुनो फर्नान्डेजको पेनाल्टी शैली प्रतिबन्धित हुनु पर्छ”

वेस्ट ब्रोम बिरुद्धको खेल म्यान्चेस्टर युनाइटेडले १-०ले जितेको थियो र सो खेलमा एक मात्र गोल ब्रुनो फर्नान्डेजले गरेका थिए। भीएआरको कारण विवादास्पद बनेको उक्त खेलमा ब्रुनो फर्नान्डेजको पेनाल्टी शैली’bout पनि चर्चा भएको छ। उनको पेनाल्टी हान्ने शैली अनौंठो रहेको छ उनि शत हान्ने अगाडी जम्प गर्ने गर्छन।

सो खेलमा ब्रुनो फर्नान्डेजले पेनाल्टी मिस गरेका थिए थिए तर रेफरीले रि-टेकको निर्णय गरेका थिए र दोस्रो प्रयासमा ब्रुनोले गोल गरेका थिए।

उनको अनौंठो पेनाल्टी हान्ने शैली ’bout हाल आर्सनल लेजेण्ड इयान राइटले आलोचना गरेका छन् र सो शैली प्रतिबन्धित हुनु पर्ने उनको विश्वास रहेको छ।

“यो गोलकीपरहरूको लागि गाह्रो हुन्छ” राइटले बीबीसीको म्याच अफ द डेमा भने।

“आजकल फोवार्डहरु पेनाल्टीको क्रममा जम्प गर्ने गर्दै छन्, त्यस प्रकारको कुरा पेनाल्टी लिने खेलाडीहरु गर्दै छन् र गोलकिपरहरु भने आफ्नो खुट्टा सार्न पाउँदैनन्।

प्रस्तुतकर्ता ग्यारी लिनकरले उनलाई सोधे: “के तपाई त्यस्तो कानून चाहनुहुन्छ जहाँ खेलाडीहरुले पेनाल्टीमा हाम फाल्न पाउने छैनन् ?”

राइटले जवाफ दिए: “हो,आफ्नो पेनाल्टी रन अपबाट सिधा जानु पर्छ, कुनै जुम्प हुदैन।”