‘ब्रुनो फर्नांडीस केभिन डि ब्रोइना भन्दा बढी प्रभावकारी छन्’

wp02म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर ब्रुनो फर्नांडिस म्यान सिटीका केभिन डि ब्रोइना भन्दा धेरै प्रभावकारी रहेको पूर्व युनाइटेड स्ट्राइकर लुइस साहाको दाबी छ।

दुई स्टार खेलाडीहरूको प्रदर्शन प्रिमियर लिगमा निकै राम्रो रहेको छ भने दुवै आफ्नो टिमको एक महत्त्वपूर्ण खेलाडी बनेका छन्। यो सिजन लिगमा ब्रुनोको ११ असित रहेको छ भने केभिन डि ब्रोइनाको १० असिस्ट रहेको छ।

सिटी हाल लिगको शीर्ष स्थानमा रहेको छ सो क्रममा डि ब्रोइनाको ठुलो योगदान छ तर, युनाइटेडका साथ दुई लिग उपाधि जितेका साहा फर्नान्डिसको पक्षमा रहेका छन्।

“हालको फममा मलाई लाग्छ कि ब्रुनो फर्नांडिस धेरै प्रभावकारी छन्। उहाँ घाइते हुनुभएको छैन र उनले प्रत्येक खेल खेल्दै गरेका छन् र रमाइलो गर्न गोल गर्दै छन्,” उनले टकस्पोर्टलाई भने।

“पक्कै पनि, डि ब्रोइना पछिल्ला दुई वर्ष देखि लगातार राम्रो खेल्दै छन् तर फर्नान्डिस अझ बढी प्रभावकारी छन् किनकि उनले कुनै खेल छुटाएका छैनन्।”