ब्रिगेड ब्वाईज क्लबमाथी थ्री स्टार क्लबको सहज जित

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज बुधबार भएको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लबले ब्रिगेड ब्वाईज क्लबमाथी ३-१ को सहज जित दर्ता गरेको छ ।

खेलमा थ्री स्टार क्लबले १५ औं मिनेटमा अग्रता बनायो । सुशन श्रेष्ठको गोलमा थ्री स्टारले अग्रता बनाएको हो ।

त्यसै गरि ४१ औं मिनेटमा अनन्त तामाङले हेडर मार्फत गोल गर्दै अग्रता दोब्बर बनायो ।

५८ औं मिनेटमा अफ्रिकन खेलाडी हाम्जाडले उत्कृष्ट चिप गोल गर्दै थ्री स्टारलाई ३-० को अग्रता दिलाएको हो ।

खेलको ८९ औं मिनेटमा ब्रिगेड ब्वाईजले सान्त्वना गोल फर्कायो र खेलमा अरु कुनै गोल हुन नसकेपछि थ्री स्टार क्लबले ३-१ ले जित्न सफल भयो ।

जितसंगै थ्री स्टारले मछिन्द्र क्लबसंग अंक बराबर गर्न सफल भएको छ भने शीर्ष स्थानको मनाङ भन्दा मात्र एक अंक पछाडि रहेको छ ।