“ब्राजिल बिरुद्ध फर्ममा आउन सक्ने छ मेस्सी”

ब्राजिलका डिफेंडर थिआगो सिल्भा विश्वास गर्छन् कि मेस्सीले आफ्नो उत्कृष्ट फर्म सेमी फाइनलको लागि बचाउदै छन् र ब्राजिल बिरुद्ध मेस्सीले उत्कृष्ट खेल्ने छन्। आयोजक ब्राजिल सेमी फाइनलमा अर्जेन्टीना संग भिड्ने छ, मेस्सीले अहिले सम्म १ गोल मात्र गर्न सफल भएका छन् र कुत गोल पनि पेनाल्टी मार्फत गरेका थिए।


“मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् र उनि जहिले पनि फर्ममा आउन सक्छन”- थिआगो सिल्भा

हामी उनि माथि राम्रो ध्यान गर्ने छौ र उनलाई रोक्ने कोसिश गर्ने छौ, मेस्सी ब्राजिल बिरुद्ध फोर्ममा आउन पकै पनि तयार छन् र उनि हाम्रो लागि खतरा हुन्” ।

“कहिले कै उनि मैदान हिड्दै जस्तो देखिन्छ तर उनि खाली ठाउँको खोजिमा हुन्छन र अचानक आक्रमण गर्छन” ।

“उनि संग खेल्नु र उनिलाइ रोक्न प्रयास गर्नु पाउनु निकै राम्रो कुरा हो” ।