ब्राजिलियन स्टार साइन गर्न पिएसजीलाई नेमारको आग्रह

फ्रेन्च क्लब पिएसजीले यो ट्रान्सफर विन्डो आफ्नो स्टार खेलाडी एम्बाप्पेलाई गुमाउने सम्भावना रहेको बेला उनको विकल्पको रुपमा एभर्टनका स्टार रिचार्लिसनलाई साइन गर्न नेमारले क्लबलाई आग्रह गरेको जानकारी छ। हाल एम्बाप्पे क्लब छोड्न इच्छुक छन् भने उनी रियल म्याड्रिड जान सक्ने खबर आउँदै गर्दा पिएसजी भने उनको विकल्पको खोजीमा सक्रिय रहेको छ।

खबर अनुसार एम्बाप्पेको विकल्पको रुपमा नेमारले आफ्नो ब्राजिलियन टिम मेट रिचार्लिसनलाई साइन गर्न सुझाव पिएसजीलाई दिए पछि पिएसजी सो विषयमा गम्भीर भएको छ। रिचार्लिसन पनि नेमार सँग पिएसजीमा खेल्न इच्छुक हुने जानकारी छ भने उनका एजेन्ट गुइलियानो पेरिसमा पुगेका छन् र पिएसजी सँग उनको वार्ता हुने जानकारी छ।

रिचार्लिसनको खेल एभर्टनमा निकै राम्रो रहेको छ भने नेमार र उनी बिच ब्राजिलको राष्ट्रिय टिममा राम्रो साझेदारी रहेको छ भने मैदान बाहिर पनि दुई बिच राम्रो सम्बन्ध रहेको छ।

नेमार रिचार्लिसन सँग क्लब स्तरमा पनि खेल्न इच्छुक रहेका छन् भने पिएसजीलाई उक्त ब्राजिलियन स्टार साइन गर्न नेमारको आग्रह रहेको छ र सो बारे खेलाडीका एजेन्ट सँग क्लबको वार्ता हुँदै गरेको जानकारी छ।