ब्राजिलियन स्टार भित्र्याउन बार्यन म्युनिख र लिड्स युनाइटेड बिच सहमति

जर्मन क्लब बार्यन म्युनिखले इङलिस क्लब लिड्स युनाइटेडको ब्राजिलियन स्टार राफिन्हा भित्र्याउन सहमत भएको छ ।

जनवरी ट्रान्सफर विन्डोमा बार्यनले लिड्सका स्टार अट्याकर भित्र्याउने भएको हो ।

बार्यनले राफिन्हाको लागि लिड्स युनाइटेडलाई ५० मिलियन युरोमा सहमति गरेको  जनाएको छ ।

२५ वर्षिय खेलाडीले आफ्नो उत्कृष्ट प्रतिभा देखाउदै ब्राजिलियन राष्ट्रिय टोलिको समेत महत्त्वपूर्ण खेलाडी बन्न सफल भएका छन् ।

उनले यस सिजन लिड्स युनाइटेडका लागि ८ लिग गोल गरिसकेका छन् ।