ब्राजिलियन स्टार फोवार्ड साइन गर्ने तयारीमा युभेन्टस

सिरी ए क्लब युभेन्टस म्यानचेस्टर सिटीका ब्राजिलियन फोवार्ड गेब्रियल जेसुस साइन गर्न इच्छुक रहेको जानकारी छ। अर्को सिजन आफ्नो आक्रमण कडा गर्ने युभेको योजना रहेको जानकारी छ जसको लागि नयाँ फोवार्ड साइन गर्न युभे इच्छुक रहेको छ।

नयाँ फोवार्डको रुपमा युभेन्टसको नजरमा म्यान सिटीका गेब्रियल जेसुस रहेको खबर छ। जेसुसको नाम धेरै समय देखि युभे सँग जोडिएको थियो भने उनलाई युभेन्टसले क्लबमा रोनाल्डोको भविष्यको अनुसार मात्र साइन गर्ने चर्चा थियो तर हाल खबर अनुसार रोनाल्डोले क्लब नछोडे पनि गेब्रियल जेसुस साइन गर्ने युभेको योजना छ।

उनलाई साइन गर्न युभेन्टसले आफ्नो खेलाडी बेच्ने वा सिटीलाई दिन सक्ने पनि चर्चा छ। उक्त स्टार फोवार्डको लागि प्रस्तावमा युभेन्टसले डिबालाको पनि प्रयोग गर्न सक्ने चर्चा हुँदै गरेको छ।

गेब्रियल जेसुस सँगै युभेको नजर म्यानचेस्टर युनाइटेडका पोग्बा पनि रहेको जानकारी छ। युभेन्टस हाल सम्म ट्रान्सफर विन्डोमा धेरै सक्रिय रहेको छैन र हाल युरो कप र कोपा अमेरिकाको अन्त्य भए पछि युभेन्टसले उक्त खेलाडीहरू साइन गर्न प्रयास सुरु गर्न खबर छ।