ब्राजिलियन सुपरस्टार नेमार प्रिमियर लिग क्लबमा खेल्न सक्ने

फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन सुपरस्टार नेमारलाई साइन गर्न प्रिमियर लिग क्लब चेल्सी इच्छुक रहेको जानकारी छ।

पिएसजीमा नेमार र एम्बाप्पे बिचको सम्बन्ध केही समय देखि बिग्रेको छ भने एम्बाप्पेले पिएसजीलाई नेमार बेच्न दबाब दिँदै गर्दा नेमारलाई साइन गर्न प्रिमियर लिग क्लब चेल्सी इच्छुक रहेको रिपोर्ट छ।

विश्व कपको बेला नै चेल्सीले नेमारका प्रतिनिधिहरू सँग भेटेको थियो भने आउँदो ट्रान्सफर विन्डोमा उनलाई साइन गर्न चेल्सीले प्रयास गर्न सक्ने खबर छ।

अमेरिकी अरबपति टोड बोहलीले चेल्सीलाई रोमन अब्रामोविच सँग $५ बिलियनमा किनेको हो भने नयाँ सिजनको लागि उनी क्लबमा लगानी गर्न तयार रहेका छन् भने पिएसजीका सुपरस्टार नेमारलाई आफ्नो नयाँ क्लबमा भित्राउन टोड इच्छुक रहेका छन्।

२०१७मा नेमार €२२२ मिलियनको विश्व रेकर्ड मूल्यमा बार्साबाट पिएसजी आएका थिए भने हाल खबर अनुसार उनलाई आउँदो ट्रान्सफर विन्डोमा बेच्न पिएसजी इच्छुक हुने छ र उनको लागि राम्रो प्रस्ताव आए पिएसजीले प्रस्ताव स्वीकार गर्ने जानकारी छ।

हाल सम्म नेमारले पिएसजीमा १४४ खेल खेल्दै १०० गोल र ६० असिस्ट गरेका छन्। पिएसजीमा उनले १२ उपाधिहरू जितेका छन् जसमा चार पटकको लिग उपाधि पनि रहेको छ भने च्याम्पियन्स लिग पिएसजीको मुख्य प्राथमिकता रहे पनि नेमार पिएसजीमा च्याम्पियन्स लिग जित्न असफल रहेका छन्।