ब्राजिलियन वन्डरकिड साइन गर्न म्यान सिटी इच्छुक

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी ब्राजिलियन युवा स्टार वेस्ली पटाटीलाई साइन गर्न इच्छुक रहेको खबर छ। १८ वर्षका वेस्ली पाटाटी हाल ब्राजिलियन क्लब सन्तोसमा खेल्दै गरेका छन् र सन्तोसले उनलाई आफ्नो एक महत्त्वपूर्ण खेलाडीको रुपमा लिने गरेको छ।

हाल खबर अनुसार वेस्ली पटाटीलाई साइन गर्न सिटी धेरै इच्छुक रहेको छ तर उनलाई साइन गर्न सिटीले अन्य क्लबहरू सँग प्रतिस्पर्धा गर्न पर्ने जानकारी छ। रिपोर्ट अनुसार ला लिगा क्लब रियल म्याड्रिडको नजर पनि उनी माथि रहेको छ र उनलाई भित्राउन रियलले धेरै प्रयास गर्ने छ।

उक्त खेलाडीलाई स्पेनिस क्लबले आफ्नो प्राथमिकताको सूचीको धेरै माथि राखेको जानकारी छ, यद्यपि सिटी पनि उनलाई साइन गर्न धेरै उत्सुक रहेको रिपोर्ट गरिएको छ।


उक्त ब्राजिलियन वन्डरकिडको रिलिज क्लज १०० मिलियन डलर रहेको जानकारी छ तर उनको लागि सो रकम तिर्न दुवै क्लब इच्छुक हुने वा नहुने ’bout कुनै जानकारी भने छैन।