ब्राजिलियन फ्यान सँगको वाचा मेस्सीले गरे पुरा

अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेस्सीले इन्स्टाग्राममा फ्यानसँग गरेको एउटा वाचा पूरा गरेका छन्। ब्राजिलियन बार्सा फ्यान इगोर मगालहेजको एउटा निकै उत्कृष्ट ट्याटु केही समय अगाडी भाइरल भएको थियो।

इगोरले आफ्नो पछाडि मेस्सीले आफ्नो जर्सी सँग गरेको निकै यादगार सेलेब्रेसनको ट्याटु आफ्नो आफ्नो शरीरमा बनाएका थिए र सो क्रमको भिडियो इन्स्टाग्राममा भाइरल हुँदा मेस्सीले उक्त पोस्टमा कमेन्ट गरेका थिए र उनले लेखेका थिए- “निकै अविश्वसनीय ! म यसलाई हेर्न चाहन्छु र यसमा हस्ताक्षर गर्न चाहन्छु।”

हाल अर्जेन्टिनाका सुपरस्टार कोपा अमेरिकाको लागि ब्राजिलमा छन् र उनले उक्त फ्यान सँग आफ्नो वाचा पुरा गर्न मौका पाए। उक्त ब्राजिलियन फ्यानले अर्जेन्टिना टोलीको होटेल बाहिर यस सप्ताहान्तमा मेस्सीलाई भेट्न पाए भने मेस्सीले आफ्नो वाचा पुरा गर्दै उनको ट्याटु सँगै मेस्सीले हस्ताक्षर गरे।

उक्त हस्ताक्षरको पनि इगोरले ट्याटु बनाए भने सो कुराबाट उनी धेरै खुसी थिए।

“मैले सोचे कि मेस्सी मेरो लागि रोकिनेछैनन्,” उक्त फ्यानले ईएसपीएनलाई बताए। “मैले उनलाई देखेँ, उनले मतिर हेर्नुभयो र [मैले] म पछाडि फर्किए।

“म सधैँ खुसी हुने छु, यसको वर्णन गर्न त्यहाँ कुनै शब्द छैन। म सबै अर्जेन्टिनाका जनतालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।”