ब्राजिलियन खेलाडी सम्मिलित फ्रेन्ड्सको लज्जास्पद हार

ब्राजिलियन खेलाडी सम्मीलित भारी लगानी गरेको फ्रेन्ड्स क्लबले लगातार तेस्रो हार बेहोरेको छ ।

कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई हराउदै शीर्ष स्थानमा उक्लिएको हो ।

बुधबार भएको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक एक गोल गरे ।

खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिए ।जितसँगै मछिन्द्रले ३ खेलमा ६ अंक जोडेको छ । र, मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरले पछि पार्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रले २ खेलमा जित निकाल्दा १ खेलमा बराबरी खेलेको छ । तर, गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेको कारण मछिन्द्रको एक अंक घटेको हो ।

मनाङको २ खेलमा ६ अंक रहेको छ । फ्रेन्ड्स अंक विहीन रहदै पुछारमा रहेको छ । फ्रेन्ड्सले तीन खेलमै हार व्यहोरेको छ ।