“ब्राजिलियन खेलाडीहरूको भित्र केहि खास चीज हुन्छ”

फ्रेन्च क्लब पेरिस सेन्ट‑जर्मेनका मुख्य कोच मौरिसियो पोचेटिनोले आफ्नो सुपरस्टार नेमारको प्रशंसा गरेका छन्। नेमारलाई प्रशिक्षण गर्नु खुसी लाग्ने उनले बताए। ब्राजिलियन स्टार नमार नम्र रहेको, निर्देशनहरू सुन्ने र स्वीकार गर्ने खेलाडी रहेको उनले दाबी गरे।

“नेमारसँग काम गर्नु धेरै सजिलो छ किनभने तपाईँले धेरै गर्न आवश्यक छैन,” पोचेटिनोले भने।

“पहिलो दिनदेखि, उनी काम गर्न एकदमै खुला थिए। उनी एकदम नम्र छन्, उनले कुरा सुन्ने गर्छन् र सधैँ सबै निर्देशनहरू धेरै राम्रो तरीकाले स्वीकार गर्छन्।

“ब्राजिलका खेलाडीहरूको भित्र विशेष कुरा छ। उनीहरू फुटबल खेल्न मन पराउँछन् किनकि यो उनीहरूको लागि नाचजस्तै हो। उनीहरू नाचिरहेको जस्तै खेल्छन्। रोनाल्डिन्हो मेरो टिम मेट थिए जब म पिएसजीको खेलाडी थिएँ र अब म नेमार छन्। उनीहरूले राम्रो र खुसी महसुस गर्नुपर्दछ जसको कारण उनीहरूको खेल पनि उत्कृष्ट हुने गर्छ।”

यो वर्षको सुरुमा मौरिसियो पोचेटिनो पिअसजीको कोचको रूपमा नियुक्त भएका थिए। उनी लिग जित्ने दौडमा छन् भने उनले पिएसजीलाई च्याम्पियन्स लिगको सेमी फाइनलमा पुग्न मद्दत गरेका छन्।