कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबले लिगमा पहिलो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबमाथी १-० को जित हात पारेको हो ।
खेलमा फ्रेन्ड्स क्लबका ब्राजिलियन खेलाडी वाग्नेर डि कार्मोले पहिलो हाफमा हेर्डर मार्फत गोल गर्दै जित दिलाएको हो ।
वाग्नेर, नेपाली लिगमा गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी पनि बन्न सफल भएको छ ।
जितसंगै फ्रेन्ड्स क्लब ११ औं स्थानमा उक्लिएको छ भने थ्री स्टार क्लबले शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लबसंग अंक बराबर गर्न असफल रहदै चौथौ स्थानमा यथावत रहेको छ ।