नेमारको प्रदर्शन युरोपमा बार्सिलोना र पेरिस सेन्ट-जर्मेनको लागि निकै उत्कृष्ट रहेको छ तर ब्राजिलको लिगमा उनी संटोसमा खेल्ने गर्थे जहाँ उनलाई रोक्न लगभग असम्भव थियो।
— ً (@LSCompsV5) January 30, 2021
संटोसमा उनी आफ्नो उत्कृष्ट स्किलहरू देखाउने गर्थे र उनको विरुद्ध खेल्न डिफेन्डरहरूलाई निकै गाह्रो हुने गर्थ्यो। १७ वर्षको उमेरमा उनी सिनियर टिममा खेल्ने गर्थे र उनी आफ्नो क्लबको निकै महत्त्वपूर्ण भाग थिए। क्लबका लागि २२५ उपस्थितिमा, नेमारले १३६ गोल गरे र तीन क्याम्पियोनाटो पालिस्टा उपाधि जितेका थिए, साथै २०११ कोपा लिबर्टाडोरस पनि जितेका थिए।
उनको उत्कृष्ट प्रदर्शन र प्रतिभाको कारण धेरै युरोपियन क्लबहरूको नजर उनी माथि थियो र अन्त्यमा बार्सिलोना उनलाई साइन गर्न सफल भए।
Neymar made his professional debut at the age of 17 for Santos where he would go on to make over 200 appearances for the Brazilian side.
His performances earned him a move to Barcelona. 🇧🇷
— Squawka Football (@Squawka) February 5, 2021
हाल उनको संटोसमा उत्कृष्ट प्रदर्शनहरूको भिडियो भाइरल हुँदै गएको छ उनको सो प्रदर्शनहरू देखे पछि नै युरोपियन क्लबहरू उनको पछि लागेका थिए।