ब्राजिलको सान्दार जित

मैत्रीपूर्ण खेलमा ब्राजिलले गिनीलाई हराएको छ ।

आइतबार बिहान भएको खेलमा ब्राजिलले गिनीलाई ४-१ गोल अन्तरले हराएको हो ।

खेलको २७औं मिनेटमा डेब्यु खेलाडी जोलिनटनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

खेलको ३०औं मिनेटमा रोड्रिगोले गोल गर्दा ब्राजिल २-० ले अघि रह्यो ।

खेलको ३६औं मिनेटमा सेर्होउ गुइरासेले गोल गर्दै गिनीलाई २-१ को स्थितिमा ल्याए ।

४७औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८८औं मिनेटमा भिनियस जुनियरले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई ४-१ को जित दिलाए ।