ब्राजिलले महिला वर्ल्डकप २०२३ मा सोमबार उत्कृष्ट विजयी सुरुआत गरेको छ ।
समूह ‘एच’ को खेलमा ब्राजिलले विश्वकपमा डेब्यु गरिरहेको पामानालाई ४–० ले हरायो ।
एरी बोरगेसले आफ्नो ह्याट्रिक पूरा गर्दै शानदार प्रदर्शन गरिन् । यसपल्टको वर्ल्डकपको यो पहिलो ह्याट्रिक हो । उनकै पासमा बिआ जेनराटोले अर्को गोल गरिन् ।
यो जितपछि तीन अंकसहित ब्राजिल आफ्नो समूहमा बलियो स्थितिमा रह्यो ।
यसै समूहको यसअघि खेलमा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेलेका थिए ।