ब्राजिलको जितमा कौटिन्होको गोल

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तर्गत आज मंगलबार भएको खेलमा ब्राजिलले साउथ कोरिया माथी सहज जित आत्मसात गरेको छ ।

युएइमा भएको खेलमा ब्राजिलले ९ औं मिनेटमा लुकास पाक्वेताको गोलमा अग्रता लियो ।

३६ औं मिनेटमा फिलिपे कौटिन्होले फ्री-किक मार्फत गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलायो ।

त्यसै गरि दोस्रो हाफको ६० औं मिनेटमा डानिलोले गोल गर्दै ब्राजिलले ३-० को जित हात पार्यो ।