ब्राजिलको कठिन जित

फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलले कठिन जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औं मिनेटमा फिर्मिन्होले गोल गरेका थिए ।

यस जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा उक्लिएको छ ।

ब्राजिलले ३ खेलमा ९ अंक जोडेको छ ।

भेनेजुएलाको यो दोस्रो हार हो । नवौं स्थानमा रहेको भेनेजुएलाले ३ खेलमा १ अंक जोडेको छ ।