ब्राजिलकाे सान्दार जित, गरे गोलको वर्षा

ब्राजिलले होन्डुरसमाथि उत्कृष्ट जिते निकालेको छ । पोर्टो एल्गेरोमा भएको खेलमा ब्राजिलले ७-० को जित हात पारेको छ ।

ब्राजिलले तुलनात्मक रुपमा कमजोर टिम होन्डुुरस विरुद्ध खेलको छैटौ मिनेटबाट गोलको बर्षा सुरु गरेको थियो । जुन ७० मिनेटसम्म कायम रहेको थियो छैटों मिनेटमा डानी एल्भेसको पासमा जिससले पहिलो गोल गरेका थिए ।

त्यसपछि १३ औं मिनेटमा थिएगो सिल्भाले फिलिप कोउन्टिन्होको पासमा ब्राजिलका लागि दोस्रो गोल गरे । ३७ औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पायो । जसलाई कोउन्टिन्हो आफैले गोल गर्दै टिमको अग्रता तीन शुन्यमा लम्ब्याए ।

पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप चार गोल गर्यो । ४७ औं मिनेटमा जिससले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दा ५६ औं मिनेटमा डेविड निरीसले पाँचौ गोल गरे ।

ब्राजिलको गोलको क्रम यतिमा रोकिएन । ६५ औं मिनेटमा रोबेर्टो फेरमिन्होले र ७० औं मिनेटमा रिकार्रलिसनले गोल गरेपनि ब्राजिलले सात शुन्यको प्रभावशाली जित निकाल्न सफल भयो । कतारमा भएको खेलका दौरान नेयमार चोटग्रस्त भएपछि उन कोपा अमेरीका प्रतियोगितासम्म मैदान बाहिर हुनेछन ।