ब्राइटनले इभर्टनलाई उसैको घरमा चुट्यो

इङलिस प्रेमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा इभर्टनमाथी ब्राइटनले सान्दार जित निकालेको छ ।

इभर्टनको घरेलु मैदानमा भएको खेलमा ब्राइटनले ३-२ ले जित्न सफल भयो ।

खेलमा ब्राइटनले एलिस्टरको गोलबाट अग्रता लिएको थियो ।

२१ औं मिनेटमा बर्नले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर बनाए ।

५३ औं मिनेटमा इभर्टनका गर्डनले गोल गर्दै २-१ बनायो ।

७१ औं मिनेटमा एलिस्टरले ब्राइटनको लागि अर्को गोल गर्दै ३-१ बनाउन सफल भयो ।

७६ औं मिनेटमा इभर्टनक गर्डनले फेरि गोल गर्दै ३-२ गरे र त्यो गोल सान्त्वना गोल मात्र हुन पुग्यो ।

३-२ को जितसंगै ब्राइटन ८ औं स्थानमा उक्लेको छ भने इभर्टन १५ औं स्थानमा रहेको छ ।