ब्याटिङ गर्दागर्दै मैदान छोडेर भागे डेभिड वार्नर : सबैले सम्झाए पछि दोस्रोपटक गरे ब्याटिङ

बल टेम्परिङ विवादमा परेर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध खेपिरहेका अस्ट्रेलिया पुर्व क्रिकेटर डेभिड वार्नरले ब्याटिङ गर्ने क्रममा विपक्षी टिमका खेलाडीबाट नराम्रो व्यबहारको सामना गरेका छ्न जसको कारणले उनि ब्याटिङ गर्ने क्रममा आउट नभैकन मैदान छोडेर बाहिरिएका थिए ।

बिबिसी रिपोर्टका अनुसार शनिबार सिडनी स्थित क्लब स्तरीय खेलमा रैंडविक पीटरशैम टिमबाट वेस्टर्न सबअर्ब्स विरुद्ध ब्याटिङ गरिरहेका वार्नरलाई वेस्टर्न सबअर्ब्स टिमका खेलाडीले स्लेजिङ (अप शब्द प्रयोग गरि जिस्क्याउनु) प्रयास गरेका थिए ।

ब्याक्तिगत ३५ रनमा ब्याटिङ गरिरहेका बेला वार्नरलाई स्व. क्रिकेटर फ्लिप ह्युजका भाइ जेसन ह्यूजले अपशब्द प्रयोग गरेका थिए । लगत्तै वार्नरले अम्पायरलाई आफु ब्याटिङ नगर्ने भन्दै मैदान छोडेर बाहिर गएका थिए जसकारण खेल केहीबेर रोकिएको थियो ।

वार्नरलाई विभिन्न ब्याक्तिहरुले सम्झाए पछि ब्याटिङ गर्न फर्किएका थिए । दोस्रोपटक ब्याटिङ गर्न आएका वार्नरले आक्रामक ब्याटिङ गर्दै १५७ रनको महत्त्वपूर्ण पारी खेलेका थिए ।

यद्यपि यस विषयमा वार्नर र वार्नरको टिमबाट कसले कुनै पनि प्रतिक्रिया दिएका छैनन ।
बल टेम्परिङ विवादको कारण अहिले वार्नर र अर्का क्रिकेटर स्टेभ स्मिथ प्रतिबन्धमा छ्न ।