बोर्नमाउथका डिफेन्डरले हातले गोल बचाउ गरे पछि पाए सिधै रातो कार्ड

बोर्नमाउथका डिफेन्डर स्टीव कुकले प्रिमियर लिगमा हालसम्म सिजनको निकै राम्रो सेभ गरे, यद्यपि दुर्भाग्यवश उक्त सेभको लागि उनले रेड कार्ड पाए।

शनिबार भएको नोर्विचबिरुद्धको खेलमा अचम्मको स्थिति भएको थियो जस्ले धेरैलाई विश्वकपमा सुआरेज याद गराउने छ।

क्यारो रोडमा पहिलो हाफमा नर्विचका स्ट्राइकरले गोलमा प्रहार गर्दा बोर्नमाउथका गोलकिपरले उक्त प्रहार बचाउ गरे तर बल रिबाउन्ड भएर नर्विचका खेलाडीको खुट्टामा पुग्यो र उनले प्रहार पनि गरे खाली पोस्टमा गोल बचाउ गर्न बोर्नमाउथका डिफेन्डर स्टीव कुकले हात प्रयोग गरे र उनले सिधै रातो कार्ड पाए र मैदान छोड्न बाध्य भए।

कुकको उक्त बचाउ पछि नोर्विचले पेनाल्टी पायो र सो मार्फत गोल गर्दै खेल १-०ले जित्न सफल पनि भयो।

स्टीव कुकले गरेको उक्त बचाउ सामाजिक संजालमा धेरै भाइरल भएको च र उनि माथि धेरै ट्रोलहरु बनेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ