‘बोरूसिया डर्टमन्डले जेडन सान्चोलाई बेच्ने छैन’

बोरूसिया डर्टमन्ड अर्को सिजन पनि जेडन सान्चोलाई क्लबमै राख्ने कुरामा विश्वास गर्दा छन्।

फोर्ब्सका अनुसार बोरूसिया डर्टमन्ड जेडन सान्चो नयाँ करारमा हस्ताक्षर गर्न राजी हुनेमा विश्वस्त छन्।

म्यानचेस्टर युनाइटेड र चेल्सी उनलाई भित्राउन इच्छुक रहेका छन्।

यद्यपि, डर्टमन्डले २० वर्ष स्टारलाई नयाँ £९ मिलियन सम्झौता प्रस्ताव गर्ने खबर छ, यो सम्झौताले उनलाई क्लबको दोस्रो सबैभन्दा धेरै कमाई गर्ने खेलाडी बनाउने छ ।

डर्टमन्डको आशा छ कि आकर्षक नयाँ सम्झौता, च्याम्पियन्स लीग फुटबलको निकट ग्यारेन्टीले, सान्चोलाई कम्तीमा अर्को सीजनको लागि, प्रीमियर लिग क्लबहरुबाट टाढा राख्ने छ।