बोरुसिया डर्टमन्ड बिरुद्ध जोशुवा किमिचको यस्तो अनौंठो गोल

बायर्न म्युनिखले डर्टमन्डबिरुद्ध जित हात पार्दै डीएफएल सुपरकप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–२ गोलले पराजित गर्दै बायर्नले सुपरकपको उपाधि जितेको हो ।

खेल २-२को स्कोरमा रहेको बेला जोशुवा किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिए र त्यो गोल निकै अनौंठो रहेको छ भने सो गोलको बारे सामाजिक संजालहरुमा धेरै चर्चा हुदै गरेको छ।

किममिचले गोल बल रोकेपछि आक्रमण सुरु गरे। त्यसपछि उनले रोबर्ट लिवान्डोस्कीलाई पास गरे जसले बल उनलाई फिर्ता दिए र उनि गोल गर्न डि बक्स भित्र पुगे पछि उनि लडे तर पनि उनले बललाई फ्लिक गर्दै अविश्वसनीय गोल गर्दै बायर्नलाई उपाधि जिताउन सफल भए।

बायर्नको जितका लागि कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुआ किमिचीले एक एक गोल गरे । डर्टमन्डका लागि जुलियन ब्रान्ड्ट र एर्लिङ हालान्डले एक एक गोल फर्काएका थिए ।

खेलको १८ औं मिनेटमा टोलिसोले गोल गर्दै बार्यनलाई खेलमा अग्रता दिलाएका थिए । उनले थोमस मुलरको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका हुन् । ३२ औं मिनेटमा थोमस स्वयमले गोल गर्दै बायर्नको अग्रता दोेब्बर पारे । उनले एल्फोन्सो डेभिसको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका हुन् ।

तर, ३९ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काए । उनले हालान्डको पासका गोल गर्दै पहिलो हाफमा खेल २–१ को स्थितीमा ल्याएका थिए । ५५ औं मिनेटमा हालान्डले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले थोमस डेलानीको पासमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका हुन् । तर, खेलको ८२ औं मिनेटमा किमिचीले अनौंठो गोल गर्दै बायर्नलाई सुपरकपको उपाधि दिलाएका हुन् ।