बोरुसिया डर्टमन्ड आफ्नो ८ खेलाडीहरू बेच्न बाध्य हुन सक्ने खबर छ। धेरै क्लबहरू जस्तो डर्टमन्ड पनि हालको स्थितमा खराब आर्थिक अवस्थाको सामना गर्दै छ भने यो सिजन डर्टमन्डको प्रदर्शन पनि राम्रो रहेको छैन र लिगको छैटौँमा रहेको डर्टमन्डले अर्को सिजन च्याम्पियन्स लिग गुमाउन सक्ने सम्भावना रहेको छ।
Borussia Dortmund’s eight-man ‘sell list’ includes Haaland, Bellingham and Sancho up for sale https://t.co/xxcJ0SVgDz pic.twitter.com/LwhraMKkga
— Daily Star Sport (@DailyStar_Sport) February 10, 2021
आफ्नो आर्थिक अवस्था राम्रो राख्न बोरुसिया डर्टमन्ड आफ्नो स्टार खेलाडीहरू बेच्न बाध्य हुन सक्ने खबर छ भने डर्टमन्डले ८ खेलाडीहरूको सुची तयार राखेको खबर छ।
खबर अनुसार डर्टमन्डको सो सुचीमा जेडन सान्चो र एर्लिङ हालान्ड जस्तो स्टार खेलाडी पनि रहेका छन् भने जुड बेलिंगहम, एक्सेल विट्सेल, मनुएल आकांजी, राफेल गुएरेरो, जियोभन्नी रेना र महमूद डाहाउद जस्तो खेलाडीहरू सो सुचीमा रहेका छन्।
Borussia Dortmund ‘open’ to sale of seven first-team players including Jadon Sanchohttps://t.co/oCcQRfhulb pic.twitter.com/8szh1BH0BU
— Mirror Football (@MirrorFootball) February 10, 2021
हाल बोरुसिया डर्टमन्डको आर्थिक अवस्था राम्रो छैन र अर्को सिजन च्याम्पियन्स लिगमा आफ्नो ठाउँ गुमाए त्यो क्लबको लागि ठुलो विनाशकारी हुने ह।