‘बोरुसिया डर्टमन्डका स्टार म्यान्चेस्टर युनाइटेड जान चाहन्छन्’

बोरुसिया डर्टमन्डका युवा स्टार जेडन सान्चो म्यानचेस्टर युनाइटेडमा जान चाहन्छन् भन्ने कुराको खुलासा भएको छ।

१०० मिलियन बढी खर्च गरि सान्चोलाई इंग्ल्याण्डमा फिर्ता गर्ने युनाइटेडको विश्वास छ।

आयरिश इण्डिपेन्डन्टका अनुसार बुन्डेस्लिगा सर्नु अघि म्यानचेस्टर सिटीमा खेलेका युवा स्टार जेडन सान्चो युनाइटेडमा जान चाहन्छन्।

सिटीले पनि उनलाई साइन गर्ने खबर थियो तर सिटीमा सोहि स्थानमा खेल्ने अन्य खेलाडी हुँदा सिटीले उनलाई साइन गर्न प्राथमिकता नदिएको खबर छ।

सान्चोले सम्भवतः थियेटर अफ ड्रीम्समा प्रतिष्ठित नम्बर ७ जर्सी पाउनेछन्, र क्लब भित्र यस्तो विश्वास छ कि क्लबमा आउने छन् चाहे क्लब अर्को सीजन च्याम्पियन्स लिग खेल्ने छन् वा छैनन्।