बोरुसिया डर्टमन्डका स्टारलाई €९० मिलियनमा साइन गर्न सफल म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेड र बोरुसिया डोर्टमण्ड बिच जेडन सान्चोको ट्रान्सफरको सम्झौता भएको छ र उनको लागि युनाइटेडले €९० मिलियन तिर्ने जानकारी छ। म्यानचेस्टर युनाइटेड जेडन सान्चोलाई भित्र्याउन धेरै समय देखि इच्छुक रहेको थियो भने गत सिजन सुरु हुन अगाडी पनि डोर्टमण्ड सँग युनाइटेडको धेरै वार्ता भए पनि ट्रान्सफर रकमको विवादको कारण सो ट्रान्सफर सफल हुन सकेको थिएन।

हाल इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार बोरुसिया डर्टमन्डका स्टारलाई €९० मिलियनमा साइन गर्न म्यानचेस्टर युनाइटेड सफल भएको छ। डर्टमन्ड र युनाइटेड बिच सहमति भएको खबर छ भने सान्चो र युनाइटेड बिच धेरै समय अगाडी नै व्यक्तिगत सर्तहरूमा सहमति भएको थियो।

रोमानोका अनुसार आज आधिकारिक कागजी काम सकिने छ र जेडन सान्चोले म्यानचेस्टरमा मेडिकल टेस्ट गर्ने छन् र सो पछि युनाइटेडले उनको ट्रान्सफर सार्वजनिक गर्ने छ।

जेडन सान्चो र युनाइटेड बिचको सम्झौता २०२६ सम्म हुने खबर छ। उनको ट्रान्सफरको लागि युनाइटेडले €९० मिलियन तिर्ने छ जसको €१३ मिलियन म्यान सिटीले पाउने जानकारी छ किन भने डोर्टमण्ड जानु अगाडी सान्चो सिटीको खेलाडी थिए र डोर्टमण्डले उनलाई बेचे, बिक्री रकमको केही प्रतिशत रकम सिटीलाई दिन पर्ने सम्झौता रहेको थियो।