बोरुसिया डर्टमन्डका स्टार साइन गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड

Manchester United's Bruno Fernandes, (18), celebrates with teammates after scoring his sides 2nd goal of the game from the penalty spot during the English Premier League soccer match between Manchester United and Aston Villa at Old Trafford in Manchester, England, on Friday, January 1, 2021. Photo: Carl Recine/ Pool via AP

म्यानचेस्टर युनाइटेड बोरुसिया डोर्टमण्डका जेडन सान्चोलाई भित्र्याउन धेरै समय देखि इच्छुक रहेको थियो भने सिजन सुरु हुन अगाडी पनि डोर्टमण्ड सँग युनाइटेडको धेरै वार्ता भए पनि ट्रान्सफर रकमको विवादको कारण सो ट्रान्सफर सफल हुन सकेको थिएन।

हाल इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार युनाइटेडको जेडन सान्चोलाई साइन गर्ने प्रयास फेरी सिरी भएको छ र युनाइटेडले डोर्टमण्डसँगको वार्ता सुरु गरेको छ।

फाब्रिजियो रोमानोका अनुसार म्यानचेस्टर युनाइटेडले सान्चोलाई साइन गर्न क्लब सँग सम्पर्कहरू पुनः सुरु गरेको छ भने सान्चो सँग व्यक्तिगत सर्तहरूबारे पनि युनाइटेडले वार्ता गरेको छ। खबर अनुसार युनाइटेडले उनलाई २०२६ सम्मको सम्झौता प्रस्ताव गर्न सक्ने छ।

 

यद्यपि युनाइटेडले अहिले सम्म डर्टमन्डलाई कुनै आधिकारिक प्रस्ताव नपठाएको रोमानोले बताए। डर्टमन्ड आफ्नो स्टार सान्चोलाई बेच्न तयार हुने जानकारी छ भने उनको मूल्य डर्टमन्डले घटाएर €९०/९५ मिलियन बनाएको खबर छ।

युनाईटेडले गत सिजन सान्चो भित्र्याउने प्रयास गरेता पनि चर्को मूल्यको कारण भित्र्याउन असफल भएको थियो। यो सिजन भने डोर्टमण्डले सान्चोको मूल्य घटाएको छ।