बोकासंग भिड्दै बार्सिलोना

म्याराडोना कपमा आज राति क्याटलान क्लब बार्सिलोना र अर्जेन्टिनी जाइन्ट बोका जुनियर्सबीच खेल हुदैछ ।

खेल नेपाली समयअनुसार राति १०ः४५ बजे किङ साउद युनिभर्सिटी स्टेडियम साउदी अरेवियास्थित रियादमा हुनेछ । अर्जेन्टिना तथा विश्व फुटबलका हस्तीमध्येको एक डिएगो अर्मान्डो म्याराडोनाको गत वर्ष निधन भएपछि उनकै सम्झना यो खेल हुन लागेको हो । म्याराडोना कपको लागि बार्सिलोनाको टोली रियाद पुगिसकेको छ ।

खेलमा २५ हजार समर्थकलाई रंगशालामा प्रवेश दिइने बताइएको छ । गत महिना बार्सिलोनामा आबद्ध भएका भेट्रान डिफेन्डर ड्यानी आल्भेस पनि बार्सिलोनाको टोलीमा समेटिएको छ । सम्भवत उनले बार्सिलोनाका लागि दोस्रो डेब्यु गर्ने सम्भावना रहेको छ ।

२००८ देखि २०१६ सम्म बार्सिलोनामा बिताएका आल्भेस त्यसपछि युभेन्ट्स, पिएसजी र ब्राजिली क्लब सान्तोष हुँदै बार्सिलोना फर्र्किएका थिए ।

बोका जुनियर्सविरुद्धको खेलमा लागि प्रशिक्षक जाभी हर्नान्डेजले २८ खेलाडीलाई समेटेका छन् । जसमा आल्भेससमेटिदा बार्सिलोनाका लागि पहिलो गोल गरेका इज एब्डे टोलीमा समेटिएका छैनन् ।

यो सिजन खराव लयबाट गुज्रिरहेको बार्सिलोनाका लागि यो खेल प्रतिष्ठाको खेल पनि हुन सक्नेछ । प्रशिक्षक जाभीले यो खेलमा नयाँ खेलाडीलाई पनि प्रयोग गर्न सक्नेछ ।