बेल्जियमले चेक रेपब्लिकसंग अंक बाडे

एजेन्सी, फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा बेल्जियम बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बेल्जियम चेक रिपब्लिकसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

चेक रिपब्लिकको मैदानमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम हारबाट जोगिएको हो ।

खेलको ६० औं मिनेटमा लुकाकुले गोल गरेका थिए ।

त्यसअघि खेलको ५० औं मिनेटमा चेक रिपब्लिकका लुकास प्रोभोडले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए ।

यस बराबरीसँगै चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । चेक समूह ‘ई’ शीर्ष स्थानमा रहेको छ ।

बेल्जियम ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।