बेल्जियमद्वारा इंग्ल्यान्ड पराजित, बाहिरियो इंग्ल्यान्ड

यूईएफए नेसन्स लिगमा बेल्जियमले इंग्ल्यान्डलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा बेल्जियमले इंग्ल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १० औं मिनेटमा युरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको २४ औं मिनेटमा मेर्टेन्सले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए ।

जितसँगै लिग ‘ए’ समूह २ को बेल्जियमले ४ खेलमा १२ अंक जोडेको छ ।

शीर्ष स्थानमा रहेको बेल्जियमले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बेल्जियमसँग पराजित भएपछि इंग्ल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना समाप्त भएको छ ।

इंग्ल्यान्ड ५ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा डेनमार्कले आइसल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

डेनमार्क १० अंक जोडेर दोस्रो र आइसल्याण्ड अंक विहीन रहदै पुछारमा रहेको छ ।