बेल्जियमको शान्दार जित

एजेन्सी, बिश्वकप चनौट अन्तर्गतको खेलमा बेल्जियमले सहज जित निकालेका छन।

वेल्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह चरणका खेलमा जित हासिल गरेको हो।

खेलमा भने वेल्सले अग्रता लिएका थिए। कार्दिफ सिटिको विङ्गर ह्यारी विल्शनले खेलको ९ औं मिनेटमा गोल गरे। ग्यारेथ बेलको पासलाई विल्शनले गोलमा परिणत गरे।

यद्यपि, बेल्जियमका केभिन डि ब्रुनाले २१ औं मिनेटमा बराबरी गोल फर्काए। बराबरी गोलको केही मिनेट बित्न नपाउदै हजार्डले २७ औं मिनेटमा गोल गर्दै खेल २-१ गोलको अवस्थामा पुराए।

दोश्रो हाफमा रोमेलु लुकाकुले ७२ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा बेल्जियमले राम्रो पकद जमायो। क्रिश मेम्फेमले द्राइस मर्टिन्सलाई लडाए पछि उक्त पेनाल्टी पाएको हो।

यो पराजयसंगै वेल्सले १२ खेलमा पहिलो हार बेहोरेको हो।

बेल्जियमले भने घरेलु मैदानमा १३ खेल लगातार जित निकालेको छ। उक्त जितसंगै बेल्जियम समुहमा दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा चेक रिपब्लिक छ।

समूह इ को खेल अन्तर्गत वेल्सले अगामी मंगलबार चेक रिपब्लिकको समना गर्ने छ।