बेलि एष्टन भिल्लामा अनुबन्धित

एजेन्सी, एष्टन भिल्लाले २३ बर्षिय लिओन बेलिलाई अनुबन्ध गरेको छ । उनी जर्मन क्लब बायर्न लेभर्कुसेनबाट एष्टन भिल्ला आएका हुन ।

बेलिले भिल्लासंग २०२५ सम्मको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

बेलि भिल्लाको जारी ट्रान्स्फर विन्डोमा अनुबन्ध गरेको तेश्रो खेलाडी हो । क्लबले यस अघि नोर्विच सिटिका इमिलियानी बुएन्डिया र इन्टर मिलानबाट एस्लि यङलाई भित्र्याइ सकेको छ ।

बेलि भिल्लाबाट खेल्न आतुर रहेको बताए । ” मेरो लागि यो एउटा इतिहासिक क्लब हो र म खेल्न एक्दम उत्साहित छु ” ।

” म बुन्डेस्लिगामा जसरी खेले त्यसरीनै यहाँ खेल्न चाहन्छु ” उनले बताए ।

यस्तै, गत सिजनको विजेता म्यान्चेस्टर सिटि एष्टन भिल्लाको कप्तान ज्याक ग्रिलिसलाई अनुबन्धित गर्ने प्रयासमा छ ।