“बेलले फ्यानहरूको मन फेरी जित्न जरुरी छ”

रियाल म्याड्रिडका गोलकीपर थिबाउट कोर्टियसले भने कि ग्यारेथ बेलले समर्थकहरुको “मन” जित्नु पर्छ।

रियल सोसिआदाद संगको बिजयमा बले प्रति घरेली प्रशंसकहरूले आफ्नो रीस देखाएका थिए जुन वेल्स यूरोकपमा छनोट हुँदा उनले झण्डा लगाएर मनाए पछि सुरु भयो, उक्त झन्डामा म्याड्रिडप्रति व्यंग्यात्मक नारा थियो।

३-१ को जीत पछि, कोर्टियसले भने: “ग्यारेथ बेलको बिरूद्ध समर्थकहरु? यी सार्वजनिक कुराहरु हुन् र सबैले आफ्नो राय राख्न सक्छन।

“उनले टिमका लागि १००% दिनुपर्दछ। उनले निकै राम्रो खेलेका थिए। तेस्रो गोल भाल्भर्डे र उनको बिचमा राम्रो खेल थियो। अब उनले फ्यानहरूको मन फेरी जित्न जरुरी छ।”