बेलले गोल गरे पछि रियललाई लक्षित गर्दै मोरिन्होले गरे व्यंग्य

ब्राइटन एफसी बिरुद्धको खेलमा गोल गर्दै बेलले स्पर्सलाई खेल जित्न मद्दत गरेक थिए र बेलको गोल पछि टोटनह्यामका कोच मोरिन्होले रियल म्याड्रिडलाई लक्षित गर्दै व्यंग्य गरेका छन्।

टोटनह्याम र ब्राइटन बीचको खेल १-१मा हुँदा बेलले ७३ मिनेटमा गोल गर्दै स्पर्सलाई जित दिलाए र उनको गोलबाट कोच मोरिन्हो धेरै खुसी थिए भने उनले रियललाई लक्षित गर्दै पनि बोले।

“एक हप्ता वा बढि धेकी, बेलको खेल सुधार हुँदै छ,” मोरिन्होले मिडिया कन्फरेन्समा भने। “यो केवल उहाँलाई हेरेर मात्र गरेको कुरा होइन, डाटाले पनि यसलाई समर्थन गर्दछ। हामी जान्दछौं, ग्यारेथलाई थाँहा थियो। हाम्रो विचारहरू र भावनाहरू साझा छ।

“त्यो गोलको उनि लायक थिए- जब मसँग पाँच मिनेट फ्री हुन्छ म सफारी(वेब ब्राउजर) मा जाने छु र म्याड्रिडको वेबसाइटहरू हेर्न छु उनको बारे क भनिएको छ भनेर।”

“उनले आज महान व्यक्तित्व देखाए र हाम्रो लागि एक महत्त्वपूर्ण गोल स्कोर गर्दै, ठूलो प्रभाव पारे।