“बेलले अझै पनि म्याड्रिडलाई माया गर्छन्, उनी फर्किन तयार छन्”

, SPAIN - FEBRUARY 9: (L-R) Gareth Bale of Real Madrid, coach Zinedine Zidane of Real Madrid during the La Liga Santander match between Osasuna v Real Madrid on February 9, 2020 (Photo by David S. Bustamante/Soccrates/Getty Images)

ग्यारेथ बेल रियल म्याड्रिडका स्टार थिए तर हालको समय उनी खेल समयको अभावको कारण खुसी थिएनन् र उनी लोनमा प्रिमियर लिग क्लब टोटनह्याम आए तर टोटनह्याममा पनि उनले धेरै मौका पाएका छैनन्।

रियलमा कोच जिदान सँग उनको सम्बन्ध राम्रो नरहेको चर्चा हुने गरे पनि बेलका एजेन्टले उनी रियल फर्किन पनि इच्छुक रहेको बताए।

बेलका प्रतिनिधि जोनाथन बार्नेटले बताए कि बेल अझै रियललाई माया गर्छन् “बेलले अझै म्याड्रिडलाई माया गर्छन्,” बार्नेटले गोललाई भने।

“उनको क्लबसँग कुनै समस्या छैन, यो एक अद्भुत क्लब हो। उनलाई क्लबमा फर्किन कुनै समस्या हुने छैन। केवल उनलाई फिर्ता गर्न चाहन्छन् वा चाहँदैनन् भनेर क्लबले निर्णय गर्नुपर्दछ।

“मलाई लाग्छ तपाईँले यो कुरा जिदानलाई सोध्नु पर्छ कि उनी बेललाई चाहन्छन् वा चाहँदैनन्, तर मलाई त्यस्तो लाग्दैन।”