बेललाई साइन गर्ने तयारीमा बायर्न म्युनिक

रियल म्याड्रिडका स्टार बेलबाट बाहिरिने आतुर भए संगै बायर्न म्युनिखले उनलाई लोनमा अनुबन्धन गर्ने इच्छा देखाएको छ ।

जिदानले बेल आफ्नो योजनामा नरहेको भन्दै गर्दा बेल रियल छोड्ने क्रममा रहेका छन् र रियल पनि उनलाई बेच्न खोज्दै गर्दा कुनै राम्रो क्लबको प्रस्ताव नआउँदा उनि रियलको बेञ्चमा बस्न परेको थियो।

बायर्न र रियलबीच मैदानबाहिर राम्रो सम्बन्ध रहेको छ । सन् २०१७ मा रियलले बायर्नलाभए ई हामीस रोड्रीग्वेज लोनमा दिएको थियो । उक्त सम्झौता पूरा गरेर हामेस यसै सिजन रियल फर्किएका छन् । त्यसबेला बायर्नले रियललाई १३ मिलियन युरो र हामेसको तलब तिर्ने सम्झौता गरेको थियो ।

जिदानले बेललाई आफ्नो योजनामा नराख्ने भनिरहँदा बेलले पनि पछिल्लो समय रियल छाड्ने संकेत दिएका छन् । चीनको क्लबसँग सम्झौता गर्नुले पनि उनी क्लब छाड्न तयार रहेको संकेत दिन्छ । इंग्ल्यान्ड फर्कने हल्ला चलेपनि उनको एजेन्टले त्यसको सम्भावना नरहेको प्रष्ट पारेका छन् ।