रियल म्याड्रिड बेललाई लोनमा साइन गर्न क्लबहरुलाई प्रोत्साहित गर्नको लागि उनको आधा तलब तिर्न इच्छुक रहेका छन्।
जिदानले हाल बेललाई धेरै प्रयोग गरेका छैनन् भने उनि खेल समयको खोजीमा छन् उनि क्लब छोड्न चाहन्छन् तर उनलाई बेच्न रियललाई सजिलो भएको छैन।
Real Madrid will subsidise half of Gareth Bale’s £600,000-a-week salary to grant him his wish of returning to the Premier League this summer. (Source: Telegraph) pic.twitter.com/iIXwP7IXl0
— Transfer News Live (@DeadlineDayLive) September 9, 2020
गत सिजन बेल क्लब छोड्ने धेरै नजिक हुँदा रियलले सो चालमा अवरोध गरेको थियो अब हाल रियल उनलाई बेच्न खोज्दै छ तर उनलाई साइन गर्न अरु क्लबलाई गार्हो हुने छ।
उनलाई बेच्न रियलले धेरै ठुलो रकमको माग गर्ने गरेको छ भने उनको तलब पनि प्रति हप्ता £६००,००० रहेको छ जुन तिर्न धेरै क्लबलाई गार्हो हुने छ ३१ बर्सको खेलाडीमा सो रकम खर्च गर्न पनि क्लबहरुको लागि जोखिमपूर्ण हुने छ।
सो कारण बेललाई बेच्न रियललाई गार्हो हुदै गरेको छ भने हाल समाधानको रुपमा रियलले बेललाई लोनमा बेच्न उनको ५०% तलब तिर्न तयार रहेको बताएका छन्।
On his way out?
The papers say Real Madrid are happy to pay half Gareth Bale’s wages to help him leave the club.
All the latest from the gossip columns: https://t.co/JV7qyZFLGE pic.twitter.com/bty0OwAFvW
— BBC Sport (@BBCSport) September 10, 2020
खबर अनुसार उनलाई क्लबले लोनमा साइन गरे सो क्लबले उनको आधा तलब मात्र तिर्न पर्ने छ र बाकी आधा रियलले तिर्ने छ।
म्यानचेस्टर युनाइटेड र टोटनह्यामले उनलाई साइन गर्न चासो देखाएको थियो भने उनको तलब र मूल्यले सो क्लबहरुलाई केहि अप्ठ्यारो बनेको थियो र अब रियल उनको आधा तलब तिर्न तयार भए पछि उनलाई साइन गर्न क्लबहरु अघि बढ्ने रियलको आशा छ।